विश्व बैंकको सहयोगमा १६ लाख ६० हजार मोर्डना खोप नेपाल आइपुग्यो

काठमाडौँ- विश्व बैंकको सहयोगमा प्राप्त १६ लाख ६० हजार मोर्डना खोप नेपाल आइपुगेको छ । बैंकले कोभ्याक्सअन्तर्गत सहयोग गरेको ४० लाख खोपमध्ये पहिलो चरणमा १६ लाख ६० हजार खोप ल्याइएको हो ।
मोर्डना खोप बालबालिका तथा किशोरकिशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले विश्व बैंकको लागतमा कोभ्याक्स सहभागिता अन्तर्गत खोप खरिद गर्ने नेपाल दोस्रो मुलुक रहेको बताए । आगामी चैतसम्म नेपाल सरकारको लक्ष्यअनुसार खोप पाउन योग्य सबै नागरिकलाई खोप उपलब्ध गराउने उनको भनाइ छ ।
'नेपालले कोभिड-१९ नियन्त्रण गर्न विश्व बैंकको सहयोगले बेग्लै महत्व राख्छ,' मन्त्री खतिवडाले भने । कोभिड नियन्त्रण गर्न बैंकले स्वास्थ्य प्रतिक्रमणका लागि नेपाललाई हालसम्म १२ करोड २० लाख अमेरिकी डलर प्रदान गरिसकेको छ ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विद्यालय शिक्षाबाट वञ्चित विद्यार्थीहरू विद्यालय जान पाउन धारणा व्यक्त गरे । आम मानिसको आवागमन सहज हुने उनको भनाइ थियो । त्यसैगरी जर्भोसले आर्थिक क्रियाकलापसमेत बिस्तारै सहज हुने बताए । नेपाल सामान्य अवस्थामा फर्कने उनले विश्वास व्यक्त गरे ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया