जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’को सुटिङ सुरु

काठमाडौँ -बारम्बार सुटिङ मिति सरेको फिल्म ‘‘ह्यारीकी प्यारी’को अन्तत सुटिङ सुरु भएको छ । गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको निर्देशन रहेको फिल्मको मंगलबारबाट पर्वतमा सुटिङ सुरु भएको हो ।
जितु नेपालको मेकअप गर्दै गरेको फोटो राख्दै सुटिङ गर्न लागेको जानकारी गराएका हुन् । सुटिङमा जानुअघिसम्म यो फिल्मको नाम ‘श्रीमान वान्टेड’ रहेको थियो । तर निर्माण टिमले सुटिङ हुने समयमा फिल्मको नाम परिवर्तन गरेको हो । फिल्ममा विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल आदिको पनि अभिनय रहनेछ ।
फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । यो फिल्मले जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने बताइएको छ ।भुवन केसी निर्देशित ‘ड्रिम्स’मा निर्माता रहेका कपिल रिजालले लन्डनमा केही सर्ट फिल्मको सुटिङ गरेका छन् । नेपालमा भने उनले पहिलो पटक फिचर फिल्मको निर्देशन गर्न लागेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया