ओजिलको भविष्य चाँडै टुङ्गो लाग्छ : फेनेरबाचे प्रशिक्षक बुलुट

काठमाडौं : टर्कीस क्लब फेनेरबाचेका प्रशिक्षक इरोल बुलुटले मेसुट ओजिल टर्की आउने वा नआउने भन्ने विषय चाँडै प्रस्ट हुने बताएका छन् । विगत केही दिन देखि आर्सनल मिडफिल्डर फेनेरबाचे जाने हल्ला चलिरहेको छ । त्यसै परिपेक्ष्यमा बुलुटको भनाई आएको हो ।
‘मेसुट फेनेरबाचेका खेलाडी होइनन् । त्यसकारण अहिले उनको विषयमा धेरै टिप्पणी गरिरहनु उचित हुँदैन । तर यती चाँहि भन्न सकिन्छ, उनी टर्की आउने नआउने केही दिन मै थाहा हुन्छ,’ बुलुटले भने । त्यसो त जर्मन टेलिभिजन च्यानल स्पोर्ट वानले ओजिलले टर्कीस क्लबका अधिकारीहररूसँग कुरा गरिसकेको र साढे तीन वर्षका लागि सम्झौता गर्न तयार रहेको खबर सम्प्रेषण गरेको थियो ।
३२ वर्षिय जर्मन मिडफिल्डर अमेरिका तथा कतारका क्लबहररूसँग पनि जोँडिदै आएका छन् । रियल म्याड्रिडबाट सन् २०१३ मा आर्सनल आएका ओजिलले लन्डन क्लबका लागि पछिल्लो समय कुनै पनि खेल खेलेका छैनन् । जारी सिजनको अन्त्यमा फ्रि–एजेन्ट बन्ने ओजिललाई जनवरीको सरुवा बजारमा कती रकम हालेर अनुबन्ध गरिने हो भन्ने बारेमा फेनेरबाचेले केही बताएको छैन् ।
उता आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले ओजिलका लागि यस महिना चिक्तबुझ्दो प्रस्ताव नआए विश्वकप विजेता उत्तरी लन्डनमै रहने बताएका छन् । ‘यदि ओजिलका लागि चिक्तबुझ्दो प्रस्ताव आए त्यो उनको र क्लबका लाागि खुशीको कुरा हुनेछ । नभए, उनी सम्झौता रहुन्जेल आर्सनलमै बस्नेछन् ।’ आर्टेटाले बिहीबार पत्रकारहररूसँग कुरा गर्दै भने ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया