आहा रारा गोल्डकप : आर्मी सेमिफाइनलमा

काठमाडौँ - वैकल्पिक खेलाडी राजीव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको खेलका ७०औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे । आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइलनमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपीएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो ।
आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीविना मैदानमा उत्रिएका थिए । आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिषणमा रहँदा नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण मैदान बाहिर छन् ।
यता, थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएनन् ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया