केएमसी र नोबेललाई ठगी मुद्दामा कारबाही गर्न विद्यार्थी संगठनको माग
काठमाडौँ : विभिन्न विद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गर्दै काठमाडौं प्रशासन कार्यालयमा मागपत्र बुझाएका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लगाएत बिभिन्न ८ बिद्यार्थी संगठनहरुले नियम बिपरित अतिरिक्त शुल्क लिएका दुई कलेजलाई ठगी मुद्धामा कारवाही अघि बढाउन मागपत्र बुझाएका हुन् ।
केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको , गैरकानूनी र गुण्डागर्दी शैलिमा बिभिन्न बहानामा अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको र नियम बिपरित छात्रावासलाई अनिवार्य बनाइएको उनीहरुको आरोप छ ।
मेडिकल कलेजले चर्को मुल्य असुल गरिरहेको भन्दै बिद्यार्थी संगठनहरु आन्दोलित छन् ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया