लागुऔषधसहित एक जना पक्राउ

महोत्तरी – महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही जिल्लाको बर्दिवास नगरपालिका १ बस्ने २५ वर्षीय अन्जित खत्री छन् ।
सम्सी गाउँपालिका ६ कनहवास्थित सीमा ईलाकाबाट माघ १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित खत्रीलाई पक्राउ गरेको छ ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एक्जिप्लोन ३ बोतल, स्पास्मो ट्याब्लेट १२ वटा, निट्राभेट ट्याब्लेट ६० वटा, डाईजेपाम ३ बोतल, नोफिन ३ बोतल र फेनारगन ३ बोतल फेला पारेको हो ।
पक्राउ परेका खत्रीलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ।

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया