रुपन्देहीमा घाँटी रेटेर आमा छोरीको हत्या

बुटवल : रुपन्देहीको देवदह जंगलमा आमा छोरीको हत्या भएको छ। देवदह ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट भित्र जंगलमा चक्कुले घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको हो। हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले दुवैको घाँटीमा चक्कुले रेटेको देखिएकाले हत्या नै भएको पुष्टि गरे। ‘दुवैजनाको घाँटी चक्कुले रेटेको देखिन्छ। घटनास्थलमा तरकारी काट्ने चक्कु भेटिएको छ,’ उनले भने ।
हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। घटनाको सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको डीएसपी केसीले बताए । मंगलबार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार तराई मूलको जस्तो देखिने महिला अन्दाजी ३२ वर्ष र बालिका अन्दाजी ७ वर्षकी छन्। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया