भारतविरुध्द स्मिथको शतक

काठमाडौं : अस्ट्रेलिया र भारतबीच जारी तेस्रो टेस्टको दोस्रो दिन समाप्त हुँदा भ्रमणकारी टोलीले दुई विकेटको क्षतिमा ९६ रन जोडेको छ । खेलमा अस्ट्रेलियाका स्टिभ स्मिथले शतक प्रहार गरेपनि भारतका लागि रबिन्द्र जडेजा र शुभम गिलको सन्तोषजनक प्रदर्शन गर्दा भारत खेलमा सन्तुलन कायम गर्न सफल रह्यो ।
जडेजाले चार विकेट लिदाँ अस्ट्रेलिया पहिलो इनिङ्समा तीन सय ३८ रनमा समेटियो । गिलले पाहुना टिमका लागि ५० रन बनाए । सिड्नीमा राम्रो लयमा देखिएका गिलले घरेलु विरुद्ध प्रहार गरेको अर्धशतक उनको टेस्ट करियरकै पहिलो थियो । टेस्टमा जडेजा बाहेक भारतका विश्वासिला बलर जसप्रित बुमराह पनि खेलमा प्रभावशाली देखिए । उनले दुई विकेट लिए भने नवदिप शैनीले पनि अस्ट्रेलियाका दुई ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
जडेजाबाट रन आउट भएका स्मिथले कुल एक सय ३१ रन बनाए भने मार्नस लनबुसानेले ९१ रनको योगदान गरे । उता भारतका लागि रोहित शर्माले २६ रन मात्र बनाए । कप्तान अजिनक्या रहाने र चेतेश्वर पुजारा क्रमशः नौ र पाँच रन बनाएर खेलिरहेका छन् । भारत दुई सय ४२ रनले पछाडि छ ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया