भेरी नदीमा ट्याक्टर खस्दा जाजरकोटका दुई जना बेपत्ता

जाजरकोट – छेडागाड नगरपालिका-१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । भेरी नगरपालिका-१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।
सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाई छ । स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो ।
ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको सूचना शाखाले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया