ट्रम्पको चिनियाँँ बैंकमा खाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँँ बैंकमा खाता रहेको र त्यसलाई विभिन्न समुहसँग ब्यपारिक डिल गर्न प्रयोग गर्ने गरेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दाबी गरेको छ । ट्रम्पले आफूलाई चीन विरोधीका रुपमा चित्रित गरिरहेको बेला यो समाचारले उनको चुनावी अभियानलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।
ट्रम्पको नेतृत्वमा रहेको ट्रम्प इन्टरन्याशनल होटेल्स म्यानेजमेन्टका नाममा रहेको खाताले चीनमा २००३ देखि २०१७ सम्ममा १ लाख ८८ हजार ५ सय ६१ अमेरिकी डलर कर तिरेको देखिएको छ । न्यूयोर्क टाइम्सकै अनुसार ट्रम्पले अमेरिकामा भने २०१६ र २०१७ मा जम्मा सात सय पचास डलरमात्र कर तिरेका थिए ।
चिनियाँँ कर कार्यालयको रेकर्डमा ट्रम्पले चीनमा व्यपारिक डिल गर्नका लागि पाँच कम्पनीमा १ लाख ९२ हजार डलर लगानी गरेको देखिएको छ ।
चुनावी अभियानमा ट्रम्पले आफूलाई चीन विरोधीका रुपमा चित्रित गर्दै आएका छन् । जिनजियाङमा मानव अधिकार विरोधी कार्य गरेको देखि कोभिड–१९ लाई विश्वभर फैलन दिएको भन्दै ट्रम्पले चीनको आलोचना गर्दै आएका छन् । उनी राष्ट्र«पतिमा निर्वाचित भएर आएपछि अमेरिका र चीनको सम्बन्ध चिसिएको छ ।
ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई चीनविरुद्व बलियोसँग उभिन नसकेको भनेर आलोचना गर्दै आएका छन् ।
ट्रम्पको आफ्नै कम्पनीले भने चीनको गोन्जाउमा कार्यालय प्रायोजनका लागि टावर बनाउन प्रयत्न गरेको थियो । सन् २०१६ मा उनको कम्पनीले चिनियाँँ सरकारी बिद्युतीय कम्पनीसँग बेइजिङमा एक सय पचास मिलीयन डलर बराबरको प्रोपर्टी विकासका लागि सम्झौता गर्न कुराकानी गरेको थियो । तर चिनियाँ कम्पनी भ्रष्टचार काण्डमा मुछिएपछि सम्झौता हुन सकेन ।
यसैबिच ट्रम्पका कानुनी सल्लाहकारले स्थानीय कर तिर्न अमेरिकामा कार्यालय भएको चिनियाँँ बैंकमा खाता खोलेको न्यूयोर्क टाइम्सलाई बताएका छन् । उक्त खाता कुनै पनि व्यपारीक डिल गर्नमा प्रयोग नगरेको उनको दाबी छ ।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया