होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

मंगलबारे - होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ । गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ । सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ । रासस

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया