झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एक जनाको मृत्यु

दमक : झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म भएका सवारी दुर्घटनाको तथ्याङ्कबाट सो कुरा पुष्टि भएको हो ।
चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए । जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए । उक्त सङ्ख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आवमा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्ने दुईपाङ्ग्रे सवारी साधनको सङ्ख्या अत्यधिक रहेको चापागाईँ बताउनुहुन्छ । “जिल्लामा बर्सेनी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “मोटरसाइकल दुर्घटना बढी छ ।” सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उहाँको भनाइ छ । जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईँ बताउँछन् ।
ट्राफिक कार्यालयले चालु आवको ६ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २३ हजार २०० सवारी साधनका चालकलाई कारबाही गरेको छ । कारबाहीवापत उनीहरुबाट रु एक करोड ५६ लाख २२ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया