'किन सडकमा रूवाबासी ?'देखि 'बैशाखमै चुनाव हुन्छ र?'सम्म

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको तेस्रो बैठक सकिएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरू भएको बैठकलाई १० जना सांसदले सम्बोधन गरे ।
सभामा विशेष समय लिएर बोलेका ती सांसदले अनेक प्रश्न उठाएका छन् । आजको सभामा कोभिड-१९ महामारीदेखि प्रतिनिधि सभा विघटनसम्मका विषय उठेका हुन् । विशेष समयमा बोल्ले सांसदमध्ये सबैभन्दा पहिले नारायणकाजी श्रेष्ठले सभालाई सम्बोधन गरे ।
श्रेष्ठले आफ्नो अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचला गर्दै बिताए । उनले प्रतिनिधि सभा विघटनको विषयमा केन्द्रित रहेर प्रधानमन्त्री ओलीमाथि अनेक प्रश्न तेर्स्याए । जसमध्ये एउटा प्रश्न थियो, 'कुनै मान्छेको मृत्युपछि वा शेखपछि सम्पत्ति प्राप्त गर्ने बुँदा फेला पर्यो भने उक्त मान्छेलाई मारेर सम्पत्ति दिने भन्ने अर्थ लाग्छ र ?'
मा.दिल कुमारी रावल थापाले पछिल्लो समय सडकमा भइरहेको सरकार विरोधी प्रदर्शनमाथि प्रश्न गरिन् । 'जहाँसम्म प्रतिनिधि सभा विघटनको कुरा छ यो सर्वोच्च अदालतमा संवैधानिक इजलासको विषय बनेको छ, अदालतको फैसला कुर्नु पर्ला नि, मान्नुपर्ला नि, अनि किन सडकमा रूवाबासी ?' उनको एउटा प्रश्न थियो ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद् तारादेवी भट्टले बैठकमा व्यवस्था नै धरापमा पर्ने त होइन भन्ने प्रश्न उठाएकी छन् । 'हामी कतातिर गइरहेका छौं, हाम्रा क्रियाकलापले व्यवस्था नै धरापमा त पर्ने होइन ? डराउनुपर्ने अवस्था आएको छ', उनले भनिन् ।
नेकपा सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएको भट्टले प्रष्ट पारिन् । 'जनताले नेकपाको सरकारलाई पाँचा वर्षको लागि फ्रेस म्यान्डेट दिएकै हो, यहाँ प्रश्न के खडा भएको छ भने आफ्ना सहयात्री र पार्टीभित्र समस्वय गर्न नसक्नेले विदेशमा कसरी कुटनीति कायम गरेका होलान् ?', उनले प्रश्न गरिन् ।
अर्का सांसद जगप्रसाद शर्मा अहिले साँच्चै निर्वाचनकै तयारी भइरहेको हो भन्ने प्रश्न गरे । 'साँच्चै भन्ने हो भने आउने वैशाखमा निर्वाचन गर्नको लागि यो तयारी गरिएको हो ? कि अरु नै गल्ति ढाकछोप गर्नको लागि चुनाव घोषणा गरिएको हो ?', सम्बोधनकै क्रममा उनले प्रश्न गरे,'राजनीतिक हिसावले वा संवैधानिक हिसाबले हेर्दा वैशाखमा निर्वाचन सम्भव छ ?'
सांसद् देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई प्रश्न गरे । नेकपा विभाजनपछि कांग्रेस लगायतका दलहरु रमिते बनेको भन्दै उनले प्रश्न गरे,‘प्रतिनिधि सभा विगटन भएर नयाँ निर्वाचनको घोषणा प्रतिपक्षलाई अझै राम्रो हुनु पर्ने होइन र? अझै अनुकूल अवस्था होइन र ?’
अर्का सांसद् शेखरकुमार सिंहले जनकपुर रेल्वेको विषयमा प्रश्न गरे । 'जनकपुर रेल्वे किन संचालन हुन पाएको छैन, यो हामी बुझ्न पाएका छैनौं । यो सभामार्फत जनकपुर रेल्वे संचालन गर्न आग्रह गर्न चहान्छ', उनले भने ।
त्यस्तै सिंहले त्रिभुवन विमानस्थनमा ग्राउन्डेड भएका जहाजका विषयमासमेत प्रश्न गरे । 'एउटा सानो निर्णयका खातिर युरोपको आकाश हामीलाई कालो सूचीमा पारेका छन्, कालो सूची कहाँबाट आयो ? यो के हो ? कुनै व्यक्तिको स्वार्थले राष्ट्र डुवाउन पाइन्छ ?', उनको प्रश्न थियो ।
अन्त्यतिर बोल्दै सांसद् कोमल वलीले देश बन्धक बन्नुमा कसको दोष रहेको भन्ने प्रश्न गरिन् । 'कसको कुर्सि कतातिर भन्ने विवादले देशलाई बन्धक बनाएको छ कि छैन ?', उनले भनिन्,'सबैभन्दा आश्चर्य लाग्दो कुरा हाम्रा इन्स्टिट्युशनमाथि यति धेरै शंका किन ? सरकारमाथि शंका, संसद्माथि शंका, अदालतमाथि शंका, निर्वाचन आयोगमा शंका ? किन ?'

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया