शुक्रबार २९ चैत, २०८१
Friday, April 11, 2025

सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु

रसुवा – आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । 

पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेकाे अवस्थामा पहिराेले पुरेकाे वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकाेप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।