बागमतीमा ३४३ जनाले गरे मतदान, विवेकशीलका तीन सदस्यद्वारा बहिष्कार

मकवानपुर - राष्ट्रिय सभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो । बुधबार दिउँसाे ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नाै सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन् ।
यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । निर्मावाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।
आजै साँझ ४ बजेपछि मतगणना सुरू गरिने र बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ । रिक्त राष्ट्रिय सभा सदस्य दुई पदका लागि बागमतीबाट ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् ।
यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यबीच प्रतिस्पधाृ भएको हो । नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया