निःशुल्क लगाइने कोभिड खोपमा २० हजार रुपैयाँ घूस !
हेल्थ असिस्टेन्टसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहसहित दुई जनाविरुद्ध २० हजार घूस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ । आयोगले बुधबार निःशुल्क खोपमा घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा चलाएको हो ।
साहले कोभिड–१९ विरुद्धको जोनसोन निःशुल्क खोप लगाउँदा २० हजार रुपैयाँ घूस लिएको दावी आयोगको छ । सेवाग्राहीबाट साहको निर्देशनमा कृष्णाकुमार यादवले कोभिड–१९ विरुद्धको खोपमा २० हजार घूस लिएका थिए । आयोगले घूस रकमसहित पक्राउ गरेको थियो ।
आयोगका दाबी अनुसार, हेल्थ असिस्टेन्ट अजयकुमार साहले सेवाग्राहीसँग खोप निम्ति घूस मागेको र कृष्णाकुमार यादवले घूस लिई मतियारको भूमिका खेलेका थिए । त्यसरी निःशुल्क खोपमा घूस लिनेमा दुवै प्रत्यक्ष संलग्नता देखिएको जिकीर आयोगको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया