प्रतिरक्षा नीति २०७७ को मस्यौदालाई अन्तिम रुप दिँदै सुरक्षा परिषद्

काठमाडौं : राष्ट्रिय प्रतिरक्षा नीति २०७७ को मस्यौदा स्वीकृत गर्ने विषयमा अहिले राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा राष्ट्रिय सुरक्षाको सबालमा प्रतिरक्षा नीति आवश्यक रहेको भन्दै यसअघिका रक्षामन्त्री ईश्वर पोखरेलले तयार पारेको प्रतिवेदनबारे बहस भइरहेको छ । बैठकमा बार्षिक प्रतिवेदन बुझाउने विषय पनि छलफल भइरहेको छ ।
पृतनापति समन्वय बैठक सकिएको भोलिपल्ट नै यस्तो बैठक वालुवाटारमा बसेको हो । बैठकमा पाँच बुँदामा छलफल भएको थियो । ती बुँदाबाहेक मुलुकमा विकसित भएको पछिल्लो घटनाको बारेमा पनि व्रिफिङ भएको स्रोतले बतायो । भारतीय उच्च सुरक्षा अधिकारीहरुसमेत काठमाडौंमा रहेको समयमा बैठक एक संयोगको रुपमा हेरिएको छ ।
सुरक्षा परिषदको बैठकमा समग्र मुलुकको अवस्थाबारे समीक्षा भएको थियो । आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सम्बन्धमा पनि छलफल अघि बढेको छ । राष्ट्रिय सुरक्षाको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधयेक २०७७ लाई पारित गरेर अघि बढ्ने विषय यसमा परेको छ । हातहतियार तथा सैन्य सामग्री खरिदको विषय पनि छलफल हुनेछ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्य सचिव शंकरदास बैरागी र रक्षा सचिवको सहभागिता छ ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया