राष्ट्रियसभा निर्वाचन लगत्तै कांग्रेसको केन्द्रीय समिति बैठकको तयारी
एमाले अदालत जाने संकेत

काठमाडौँ– स्थानीय तहको निर्वाचन लगायत समसामयिक मुद्दामा छलफल गर्नेगरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् ।
राष्ट्रियसभाको जारी निर्वाचन लगत्तै कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकको तयारी रहेको बुझिएको छ ।
संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ । सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भैरहेको छ ।
निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउन लागिएको बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमा स्थानीय निर्वाचन गराउन दबाब सिर्जना गरिरहेको छ । एमालेको महासचिव शंकर पोखरेलले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको र सत्ता गठबन्धनले गरेको व्याख्या मान्य नहुने भन्दै अदालत जाने संकेत गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया