अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसान संघकाे माग
काठमाडौँ - नेपालमा भारतबाट अवैध रूपमा च्याऊ आयात भएर नेपाली च्याऊले बजार नपाएको भन्दै च्याऊ उत्पादक संघले नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । संघले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधिसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त बनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रणका लागि सरकारसँग माग गरेको हो ।
संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीद्वारा एक जारी गर्दे कोभिड-१९ का विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याऊ आयात बन्द गर्न माग गरेको छ। भारतीय च्याऊ लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले केमिकल प्रयोग हुने संघले दावी गरेको छ । दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसँग संघले जोडदार माग गरेको छ ।
च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले भने 'विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन। हामीले घाटा फाईदाको सरोकार नराखि अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टेकाउन चलाइरहेका छौँ । सरकारलाई निर्विरोध आउने आयातित वस्तु रोक्ने वातावरण मिलाउन सहयोग पुर्याइदिन म कर्णाली प्रदेशको च्याऊ किसानको एक प्रतिनिधि अध्यक्ष हुनुको हैसियतले हार्दिक अनुरोध गर्दछु साथै मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संघ तथा सम्पूर्ण च्याऊ किसानहरुको तर्फबाट जोडदार माग पनि गर्दछु । '
संघले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३ सय रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार मूल्य तय हुनुपर्नेमा हाल न्युन मुल्य राखि नेपालमा आयात भैरहेको भन्दै विरोध गरेको छ । न्यून भन्सार मूल्य राख्दा नेपालमा उत्पादित च्याऊले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उचित भन्सारदर कायम हुनुपर्ने माग गरेको छ । नेपालको कृषि क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर अन्य देशबाट आयात हुने च्याऊलाई रोक लगाउन संघले सरकारसँग माग गरेको छ ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया