दाहाल–नेपाल समूहले बुझायो प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र
काठमाडौं : संसद विघटनविरुध्दमा नेकपा दाहाल–नेपाल समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र विरोधपत्र पठाएको छ । नेकपा दाहाल–नेपाल समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनविरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो ।
काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र बुझाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताइन् ।
संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानरसहित काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया