शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

दलित काेटामा पनि गठबन्धनका उम्मेदवार विजयी

पाेखरा – राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीकाे निर्वाचनमा दलित काेटा पनि गठबन्धनले जितेकाे छ ।

गठबन्धनका उम्मेदवार भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारकाे अन्तरले पराजित गरेका हुन् । 

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए ।

याे क्लष्टरमा पनि एक सांसदले खाली छाेडेका थिए भने दुई जनप्रतिनिधिकाे मत बदर भएकाे छ । १ मतपत्र खाली छ ।