अधिकांश समय दाहाल-नेपालको आलोचनामा खर्च, निर्मला प्रकरण बारे एक शब्द बोलेनन्

कैलाली : संसद विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यका बाहिर आए । उनको पहिलो रोजाईमा प¥यो सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषद्मा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो ।
देशव्यापी दौडाहाको पहिलो गन्तव्य सुदूरपश्चिम बनाउँनुमा थुप्रै कारण छन् । नेकपा विभाजित हुनुअघि पार्टी भित्र ओलीका चर्को विरोधीका रुपमा चिनिन्थे, भीम रावल । सुदूरपश्चिम रावलको गृह क्षेत्र हो । रावललाई गृह क्षेत्रमा कमजोर बनाउनका लागि ओलीले सुदूरपश्चिम रोजेको कतिपयको धारणा छ । धनगढीमा प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका विकासे योजनासंगै रहस्यमा रहेका कतिपय घटनाबारे सम्बोधन गर्लान भन्ने आकलन सुदूरपश्चिमबासीको थियो ।
४५ मिनेटको सम्बोधनमा धेरै समय समय नेकपाकै इतरसमूहका नाममा खर्चिए । त्यसबाहेक मञ्चमा रहेका नेताहरूलाई नाम सोधीसोधी सुदूरपश्चिमका चर्चित तर अधूरा योजनाबारे भने सम्बोधन गरे । उनले भने, ‘अब सुदूरपश्चिम प्रदेशलाई कसैले पनि पछाडि पार्न सक्दैन् ।’ सोही कार्यक्रममा झण्डै आधा दर्जन युवाहरूले ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका थिए । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी पन्तको हत्यामा संलग्न अझै पक्राउ नपरेकोले दोषीलाई कारवाहीको मागसहित ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएको प्रतिक्रिया उनीहरूको थियो ।
उनीहरूले निर्मलाको बलात्कारगरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । तर पौने घण्टा भाषण गरेका प्रधानमन्त्री ओलीले उक्त घटनाबारे एक शब्द पनि बोलेनन् ।
उनको अधिकासं समय नेकपाकै दाहाल–नेपाल समूहको आलोचना गर्नैमा खर्च भयो । उनले दाहाल–नेपाल समूहलाई आगामी चुनावमा १० सिट जितेरउन चुनौती दिन भ्याए तर सुदूरपश्चिम आएर निर्मला घटनाबारे बोल्ने आँट गरेनन् । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ ।
याे पनि
प्रधानमन्त्रीको कार्यक्रममा 'निर्मलाको बलात्कारी खै ?' भन्ने युवाहरू पक्राउ
धनगढी पुगेर प्रधानमन्त्री ओलीले भने, ‘सुदूरपश्चिमलाई कसैले पछाडि पार्न सक्दैन

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया