नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण
जसको कविता नेपाली भाषाकै पहिलो कविता मानिन्छ

धादिङ : धादिङको नेत्रावती डबजोङ गाउँपालिका, वडा नं–५ स्थित कटुन्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण गरिएको छ । साथै पुस्तक पनि विमोचन गरिएको छ । संघीय सांसद खेम प्रसाद लोहनी, पालिका अध्यक्ष दुगंकुमार शाक्य, साहित्यकार तथा अनुसन्धाता डा. नवीनवन्धु पहाडी एवं कवि राजु झल्लु प्रसादले संयुक्त रुपमा मूर्ति अनावरण गरेका हुन् ।
वि.सं. १८२५ आसपास कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ, जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए । पृथ्वीनारायण शाहसँग सम्पर्क र सम्बन्ध भएकै कारणले दासले नेपाली भाषाकै प्रथम कविता पृथ्वीनारायण शाह (राजैभक्तिकृत) रचना गरेको डा. पहाडीले उल्लेख गरे ।
ूइतिहासकार आचार्यले सुवानन्द दासकृत पहिलो कवि हुन् भनेर बताउनुभएको थियो, घटराज भट्टराईले नेपाली भाषाकै पहिलो कविता पृथ्वीनारायण शाह हो भन्नुभएको थियो तर, दासको जन्म कहाँ र कहिले भएको थियो भन्नेबारे उहाँहरूले खुलाउनु भएको थिएन,’ डा. पहाडीले अगाडि भने, ‘नेपाली भाषाको पहिलो कवि दास धादिङको माटो कटुञ्जेको टोड्केमा जन्मिएका थिए भनेर दावा पेश गर्ने पहिलो व्यक्ति म हो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा मैले अनुसन्धानले गर्दा दासको जन्म धादिङको कटुञ्जेमा भएको पुष्टि हुन् पुग्यो । उनको जन्म कति सालमा भयो भनेर वंशावली खोज्ने काम अब अरू दासहरू हो ।’
ऐतिहासिक पुष्टिका आधारहरू इतिहासकार डा।राजाराम सुवेदीबाट समेत प्राप्त भएको उनले उल्लेख गरे । डा. पहाडीले दासको परिवार धादिङ हाल नीलकण्ठ नरपालिकाको साङ्कोष र कटुञ्जेको सीमा क्षेत्रका बासिन्दा हुन् र उनको परिवार टोड्केमा व्यापार गर्ने बताए ।
‘दासका परिवारिको व्यापारकै क्रममा गोर्खाली राजाहरुसँग सम्पर्क भएको हो । एकीकरण अभियानका क्रममा उनीहरुले नै धादिङमा राजाका लागि हतियार खरिदका निमित्त १÷१ रुपैया उठाउन सघाएका थिए,’ उनले अगाडि भने, ‘त्यसैले पनि सुवानन्द दासका लागि कविता लेखनका शास्त्रीय अनेक विषयहरु एवं तत्कालका लागि लेखनका अनेक आदर्शहरु हुँदाहुँदै पनि उनले पृथ्वीनाराण शाहलाई नायक मानेर कविता रचना गरेका हुन् ।’
टोड्के त्यतिबेला नै काठमाण्डौंबाट सुदुर पश्चिमसम्म आउजाउ गर्ने व्यापारिक नाका थियो । नुवाकोट हुँदै नेपाल खाल्डोसम्मका आउजाउ गर्ने मुलबाटो यहाँ नै पर्ने भएकाले यसको सामरिक महत्व पनि थियो । सोही सामरिक महत्वका कारण यस क्षेत्रका शिक्षित र चलाख व्यक्तिहरुसँग सम्पर्क गर्नु पृथ्वीनारायणको मूल ध्येय रहेको डा. पहाडीले बताए । यहाँका शिक्षित सुवानन्द दाससँग पृथ्वीनारायणले राम्रा सम्बन्ध स्थापित गरेको र दासबाट युद्धनिहित सूचना र सल्लाह लिन थालेका उनले बताए ।
‘उनी दासहरू प्रारम्भमा व्यापारी वर्गका भएका र नुवाकोट हमलाको अध्ययनका क्रममा नरभुपाल शाहसँग उनका पिताको भेट भएको मानिन्छ । त्यस समयदेखि नै उनको परिवार राजसेवामा लागेको भनिन्छ,’ डा. पहाडीले अगाडि भने, ‘नुवाकोट विजयसँगै उनीहरुको पँहुच बढ्नु, भैरवी जाने उकालोमा ुदास धाराुका नामले प्रख्यात धाराहरु निर्माण हुनु र उनले लेखेका कवितामा पृथ्वीनारायण शाहको वर्णन गरिनुले यो सबै संयोगमात्र हो भन्न सकिन्न ।’
‘भानुभक्तको फोटो बनाउदा मोतीरामले जे बनाए, त्यो आधिकारिक भयो । फोटो बनाउने क्रममा मैले यहाँका व्यक्तिहरूको अनुहार जम्मा गरे, पृथ्वीनारायण शाहका सेनाका उपलब्ध अनुहार जम्मा गरे । त्यसपश्चात् कलाकार ज्ञानु श्रेष्ठलाई यो सबै मिसाएर एउटा चित्र बनाउन अनुरोध गरें । त्यसपश्चात् सोही अनुहार मूर्तिमा आइपुगेको हो, डा. पहाडीले भने ।
डाक्टर पहाडीका अनुसार नेपाली कविताको प्रभातोदय धादिङको माटोबाटै भएको हो । आजसम्मको खोजबाट नेपाली काविताकै प्रथम निनाद यसै भूखण्डबाट गुञ्जित भएको थियो । प्राथमिक कालको आरम्भमात्र नभएर त्यस समयका प्रभावशाली लेखकहरू प्राथमिककालीन स्रष्टा दैवज्ञकेशरी अज्र्याल १८२५ र उनकै छोरा विद्यारण्यकेशरी अज्र्याल दुवैका अविस्मरणीय योगदान यहाँको माटोबाट उठेर नेपाली साहित्यकै समग्र परिधि ओगटेको डा. पहाडी बताउँछन् ।
नेपाली भाषाको पहिलो कवि सुवानन्द दास धादिङको रहेको पुष्टि भएसँगै यस विषयमा रहेको यावत भ्रमहरू हटेको र यस्ता ऐतिहासिक व्यक्तित्वको सम्मान आवश्यक भएकाले प्रतिमा अनावरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले बताए ।
गाउँपालिकाको रु. ५ लाख लागतमा बनेको दासको मूर्ति अनावरण अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको एतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो । अनुसन्धान प्रतिवेदन पहाडीले पेश गरेका हुन् ।
कार्यक्रममा कवि प्रभात तिमिल्सिना, लेखक महेन्द्र उपाध्याय, पत्रकार उत्तम अधिकारी, डालमाया तामाङ, जानी नेपाली, देउती विक, सानाकान्छा तामङ लगायतका गाउँपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया