लभसँग बिहे गर्दै नुसरत बरुचा

मुम्बई - अभिनेत्री नुसरत बरुचाले निर्देशक लभ रञ्जनसँग विवाह गर्ने भएकी छिन् । टाइम्स अफ इन्डियाका अनुसार आउँदो महिनाको १५÷१६÷१७ गते दुवैबीच विवाह हुने भएको छ ।
विवाहअघि लभ रञ्जनले रनवीर र श्रद्धा कपुर अभिनीत फिल्मको सुटिङ सक्नेछन् । नुसरत र बरुचाले ‘प्यारका पञ्चनामा’मा सँगै काम गरेका थिए । त्यसयता नुसरतलाई लिएर मात्र लभ रञ्जनले थप तीन फिल्म निर्देशन गरेका छन् ।
‘प्यारका पञ्चनामा २’, ‘आकाशवाणी’, ‘सोनु के टिटु कि स्विटी’ दुवैले निर्देशक र अभिनेत्रीको रुपमा काम गरेका फिल्म हुन् । दुवैको यही महिनाको सुरुमै विवाह गर्ने तयारी थियो । तर यही समयमा ओम्रिकोन फैलिएपछि उनीहरूको विवाह एक महिना पछि धकेलिएको थियो ।
बलिउडमा यतिबेला विवाहको लहर चलिरहेको छ । बिहीबार मात्र अभिनेत्री मौनी रोयको व्यापारीसँग विवाह भएको छ । नागिनको रुपमा परिचित मौनी रोयले केही बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया