नेपालमा थपिए ८०१७ जना कोभिड संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर ८०१७ जना कोभिड संक्रमित थपिएका छन् । देशभर गरिएको १५ हजार ७ सय ३६ पीसीआर परिक्षणका क्रममा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोभिडका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार २ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३७ हजार ४ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया