खोप लगाएको नक्कली प्रमाण पेस गरेपछि दुई जर्मन प्रशिक्षक प्रतिबन्धमा

काठमाडौँ- कोभिड–१९ विरुद्धको खोप लगाएको नक्कली प्रमाण पेस गरेपछि जर्मनीमा दुई प्रशिक्षक कारबाहीमा परेका छन् । जर्मन फुटबल संघ (डीएफबी)ले मार्कस आनफाङ र फ्लोरियन युंगेलाई कारबाही गरेको हो । आनफाङ र युंगेलाई जर्मन फुटबलबाट क्रमशः एक वर्ष र १० महिनाका लागि प्रतिबन्ध लगाइएको छ ।
यी दुई प्रशिक्षक गत नोभेम्बरसम्म जर्मन क्लब वेर्डर ब्रेमनसँग आबद्ध थिए । त्यसबेला नै नक्कली खोपक कार्ड देखाएको पुष्टि भएपछि उनीहरूले आफैँ आ–आफ्नो पदबाट राजीनामा दिएका थिए । ब्रेमन हाल जर्मन फुटबलको दोस्रो श्रेणीको लिग बुन्डेसलिगा टुमा खेलिरहेको छ ।
उनीहरूले जर्मनीको स्थानीय अधिकारीसमक्ष खोप लगाएको प्रमाण पेस गरेका थिए । ब्रेमनका एक खेलाडी कोभिड संक्रमणमा परेपछि यी दुई प्रशिक्षकलाई आइसोलेसनमा रहन भनिएको थियो । तर यी दुईले आफूहरूले खोप लगाइसकेको प्रमाण पेस गरेका थिए । जुन नक्कली सावित भयो । जर्मन सरकारको नियम अनुसार सार्वजनिक स्थलमा जानका लागि कोभिड खोप लगाएको वा भर्खरै कोभिड संक्रमणबाट मुक्त भएको प्रमाण पेस गर्नुपर्छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया