काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्ला – काेराेनाभाइरसकाे संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हाे ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।
मास्क नलगाई हिँड्नेलाई लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । यो हेल्प डेस्कबाट नागरिकलाई खोप सेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडीटी परीक्षणसमेत सरु गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताइन् ।
प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वन्धित सबै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह सुरु भएको जानकारी दिइन् ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले कोरोनाबाट नागरिकलाई बचाउन हेल्प डेस्कको सुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेस्कबाट सेवा लिन अनुरोध पनि गरे । काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेन संक्रमण बढेपछि न्यूनीकरणका लागि अहिले जिल्लाभरि अतिरिक्त खोप लगाउन थालिएकाे छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया