अस्ट्रेलियन ओपन: बार्टी फाइनलमा

न्युज कारखाना
काठमाडौं, १३ माघ
विश्व नम्बर एक आस्ले बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अोपनको फाइनलमा पुगेकी छन् ।
बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।
दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा अस्ट्रेलियन अोपनको सेमिफाइनलसम्म पुगेकी थिइन् । त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरिएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन् ।
बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वान्टेक र ड्यानिल कोलिन्सबीचको विजेतासँग खेल्नेछिन् ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया