आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौँ - पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपीएफ क्लब भिड्ने भएका छन् । आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले गोलले हराएर फाइनल प्रवेश पक्का गरेको हो ।
खेलको पहिलो हाफमा मनाङका विमल रानाले पेनाल्टी खेर फाल्दा उसले खेलमा अग्रता बनाउने मौका खेर फालेको थियो ।
१० औं मिनेटमा एडिलाजा सोमिडेले क्रस गरेको बलमा आर्मीका युद्ध शाहीले बल क्लियर गर्न खोज्दा हातले बल छोएपछि मनाङले पेनाल्टी पाएको थियो । तर सो पेनाल्टीलाई विमल रानाले सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टको माथिबाट बाहिरीयो । निर्धारित ९० मिनेट गोलररहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटको समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । जसमा आर्मीले ३ गोल गर्दा मनाङले ४ गोल गर्न सफल भयो । मनाङका गोलकिप्परले आर्मीको प्रहार बचाउँदै टीमको जित पक्का गरे । उनी आज म्यान अफ दी म्याच पनि भए ।
अब ६ पटकको च्याम्पियन मनाङले शनिबार उपाधिका लागि एपीएफसँग भिड्ने छ । एपीएफ मच्छिन्द्रलाई ३-१ गोलले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पाउनेछ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया