अप्रत्याशित माग बढेपछि भारतबाट थप सय मेगावाट आयात गर्ने तयारी

काठमाडौं : तराईमा अप्रत्याशित बिजुलीको माग बढेर नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप सय मेगावाट बिजुली आयात गर्ने तयारी सुरु गरेको छ । यसका लागि उसले भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीइसी) मा पत्राचारसमेत गरिसकेको छ ।
प्राधिकरणले ढल्केबर सवस्टेशनलाई २२० केभीमा चार्ज गरेपछि थप आयात गर्न सजिलो पनि भएको हो । प्राधिकरणले भारतको सीइसीलाई गत आइतबार पत्र लेखेको हो ।
प्राधिकरण स्रोतका अनुसार ढल्केबरको ट्रान्सफरमरको क्षमतामा ३१५ एमभीए थप भएपछि विद्युत् खरिद सम्झौताअनुसार थप बिजुली ल्याउन बाटो खुलेको हो । गत साता २२० केभीमा चार्ज भएको थियो । पहिला त्यस्तो क्षमता ३२० एमभीए थियो । अब ६३५ एभीए भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
ट्रान्सफरमरको क्षमता ३१५ एमभीए हुँदा ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनाट जम्मा २५० मेगावाट मात्र आयात भएको थियो । यो प्रसारण लाइनले एक हजार मेगावाट बिजुली बोक्न सक्ने भए पनि ट्रान्सफरमरको क्षमता कम भएकाले अधिकतम २५० मेगावाट आएको हो ।
प्राधिकरणले डिसेम्बरददेखि अप्रिलसम्म तीन सय मेगावाट बिजुली खरिद गर्ने सम्झौता (पीपीए) गरेको भए पनि यही ट्रान्सफरमर क्षमताका कारण बिजुली कारोबार हुन सकिरहेको थिएन । आयातीत परिमाणमा थप आयात गर्नुपरेमा भारतको केन्द्रीय प्राधिकरणलाई पत्राचार गर्नुपर्ने प्रावधान भएकाले उसैलाई चिठी लेखिएको हो । बिजुली कारोबार भने भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनसँग हुँदै आएको छ ।
यो प्रसारण लाइनबाट नेपालले बिजुली आयात गरे पनि नगरे पनि प्रसारण शुल्क (व्हिलिङ चार्ज) बापत वार्षिक एक अर्ब ८ करोड रुपैयाँ एनभीभीएनलाई तिर्नुपर्ने सम्झौता छ । यस्तो सम्झौता २५ वर्षका लागि गरिएको हो । यता आगामी जूनदेखि सेप्टेम्बरसम्म (बर्खायाम) मा नेपालमा बिजुली उत्पादन बढी हुने भएकाले प्राधिकरणले भारतीय कम्पनीलाई बिजुली बेच्न टेण्डर प्रक्रियामा भाग लिएको छ । हिउँदमा नपुगेर आयात गर्नुपर्छ भने बर्खायाममा नेपालमै खपत हुन नसकी खेर फाल्नुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता छ । यतिखेर करिब ६६० मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ ।
भारतबाट आयात हुने बिजुलीका लागि नेपालले सम्झौतै गरेर ग्यारेन्टी नै दिएको छ भने भारतलाई बेच्ने बिजुलीसम्बन्धी कुनै सम्झौता भएको छैन । भारतीय बजारमा नेपालको बिजुली कुन दररेटमा बिक्री हुन सक्छ भन्नेसमेत प्राधिकरणलाई अहिलेसम्म पत्तो छैन । त्यही भएर ‘परीक्षण मुद्दा’ (टेस्ट केस) का रुपमा भए पनि भारतीय कम्पनीले गरेको प्रतिस्पर्धामा प्राधिकरण सहभागी हुन खोजेको हो ।
यो वर्षको असारसम्म प्राधिकरणको प्रणालीमा ११५० मेगावाट बिजुली थप हुँदैछ । यसमध्ये कम्तीमा ५० प्रतिशत जगेडा (स्पील) हुने प्राधिकरणको अनुमान छ । देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी (४५६ मेगावाट) यही वर्षको असारसम्म पूरा हुने योजना छ । जाडोयाममा तराई क्षेत्रमा विद्युतको माग शंकास्पद तवरले बढेको छ । अघिपछि जाडोमा तराई क्षेत्रमा बिजुलीको माग घट्थ्यो भने यसपालि कोभिड १९ का कारण प्राधिकरणको चुहावट बढेको तथ्यांक सार्वजनिक भएपछि माग वृद्धि भएको आशंका गरिएको छ । त्यसैकारण प्राधिकरणले ढल्केबर-मजुफ्फपुरबाट अहिले आयात भइरहेको परिमाणमा थप सय मेगावाट ल्याउन खोजेको हो ।
सरकारले अहिलेसम्म कुलेखानीजस्तै जलाशययुक्त विद्युत्गृह निर्माण नगरेका कारण हिउँदयाममा भारतीय बिजुलीकै भर पर्नु परेको हो । तत्कालीन एमाले सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर उठाएको थियो । हालसम्म पेट्रोलियमबाट करिब ४५ अर्ब रुपैयाँ सरकारले उठाइसकेको छ भने बूढीगण्डकी चिनियाँ कम्पनीलाई ओली सरकारले बेचिसकेको छ ।
यसबाट न बूढीगण्डकी बन्यो, न त पेट्रोलियममा लगाइएको कर नै घटायो । बरु विवादास्पद अर्थ मन्त्री डा. युवराज खतिवडाले यसपालि पेट्रोलियममा उठाउँदै आएको कर बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याइदिए । यता ओलीले बेचबिखन गरेको बूढीगण्डकी चिनियाँ कम्पनीले अलपत्र पार्दै आएको छ ।

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_AoZ9CFqc9a_kac7wcqlkkzxgl42ncqr3cfxsfq96cvo0dcu7xypovbshyilgtkypnnsr6yt.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

प्रतिक्रिया