बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन्। प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–८ बस्ने ४० वर्षीय लबराज ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। प्रहरीकाअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको जनाएको छ।

ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेडमा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।