शिवरात्रीमा आलियाको ‘गंगुबाई काठियावाडी’

मुम्बई- शिवरात्रीमा नेपाली फिल्म रिलिज गर्ने ताकमा रहेका नेपाली निर्माताका लागि दुःखको खबर छ । अब यो मितिमा नेपाली निर्माताले बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’प्रतिस्पर्धा गर्नुपर्नेछ ।
नेपालमा अहिलेसम्म यो मितिमा ‘लप्पन छप्पन २’ प्रदर्शन हुने चर्चा छ । यसअघि यही मितिमा आउने घोषणा गरेको ‘प्रेमगीत ३’ले यो मितिमा नआउने घोषणा गरिसकेको छ ।
‘गंगुबाई काठियावाडी’ले दोस्रो महामारीपछि जनवरी ६ मा प्रदर्शन गर्ने घोषणा गरेको थियो । यसको एक दिनपछि ‘आरआरआर’ आउने भएपछि यो फिल्म सरेर फ्रेब्रुअरी १८ मा पुगेको थियो । तर त्यसबाट एक हप्ता पछि सर्दै फ्रेब्रुअरी २५ मा आउन लागेको हो ।
सञ्जयलीला भन्सालीको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा आलिया भट्टको मुख्य भूमिका रहेको छ । अजय देवगनसमेत रहेको फिल्मले भारतको स्वतन्त्रताअघि काठियावाडीमा वेश्यालय सञ्चालन गर्ने गंगुबाईको कथा भन्छ । भन्सालीको यो फिल्म वास्तविक चरित्रमा आधारित हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया