ह्यारी पोटरका संवाद बोलेर विश्व कीर्तिमान

लन्डन- ११ वर्षका बालकले ह्यारी पोटरका संवाद चिनेर विश्व कीर्तिमान कायम गरेका छन् । बेलायतको म्यानिङ ट्री एसेक्सका एली चेम्लिकले ह्यारी पोटरको सबै संस्करणबाट उठाएका संवाद बोल्ने चरित्र चिनेर गिनिज वल्र्ड रेकर्र्ड बनाएका हुन् ।
एलीले स्टार्स वार्सका शृंखलाबाट चरित्रले बोलेको संवाद मिलाएपछि वल्र्ड रेकर्डका लागि प्रयत्न गर्ने मनोबल बढेको बताएका छन् । एलीले ६ वर्षको उमेरमा पहिलो पल्ट ह्यारी पोटर सिरिज पढेको र पढ्ने बित्तिकै यसको फ्यान बनेको बताएका छन् । उनले रेकर्डका लागि थप पढेको र अन्ततः सफल भएको बताएका छन् ।
उनले कीर्तिमानका लागि प्रयास गर्नुअघि साथीहरूसँग बारम्बार परिक्षण गरेका थिए । वल्र्ड रेकर्डका लागि दुई जना टाइम किपर र दुई जना साक्षी हुनपर्छ । यसरी रेकर्ड गरिएको भिडियो गिनिजमा पठाएर उताबाट स्वीकारेपछि उनको रेकर्ड औपचारिक भएको थियो ।
उनीहरूले ह्यारी पोटरका किताबबाट ५० वटा जति भनाइ संकलन गरेका थिए । यसका लागि कम्तिमा चार चरित्रको भनाइ छानिएको थियो । एलीले संवाद भन्नेले ढिला पढेकाले आफूले १९ वटा मात्र मिलाउन सकेको बताएका थिए । उनले अभ्यास गर्दा ४० वटासम्म मिलाएको बताएका थिए ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Qzy5Hsvh3p_rwe17k27yp1io0xvdzjox760ra6ajzbwjfu81qjzvuakxhvlspaviuj8mjjp.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया