लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

काठमाडाैँ – दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै जनालाई लागु औषधसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दोधारा चाँदनी–७ बाबाथानका २४ वर्षीय विवेक राना मगर, २० वर्षीय राहुल राना मगर र वडा नं ६ शान्तिटोलका १८ वर्षीय मुस्कान शाही रहेका छन् । दोधारा चाँदनी–७ का प्रेम बडुवालको घरबाट चोरिएको म २ प ५०८१ नम्बरको मोटरसाइकल खोजीका क्रममा तीनै जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले डम्बर चौराहमा शङ्कास्पद लागेर जाँच गर्दा पक्राउ परेकाहरुको साथबाट चार ग्राम ८५० मिलिग्राम हिरोइन भेटिएको बताए । बडुवालले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय र बाबाथान प्रहरी चौकीको टोली खटिएको थियो । प्रहरीका अनुसार मोटरसाइकल उनीहरुले चोरी गरेका लगेका थिए ।
चौराह नजिक उनीहरू लुकेर बसिरहेको अवस्थामा भेटिएका थिए । प्रहरीले जाँच गरेपछि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा हिरोइन भेटाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शाहले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएकाे बताए ।

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

प्रतिक्रिया