आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

लमजुङका काउलेपानी, पुमागाउँ र कुडुलेमा ३० हाेमस्‍टे बन्दै

फाइल फोटो

लमजुङ- गण्डकी प्रदेश सरकारले (होमस्टे) घरबास परियोजनाका लागि लमजुङका तीस घरबास छनोट गरेको छ।  प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्लाका काउलेपानी, पुमागाउँ र कुडुले घरबास होमस्टेलाई परियोजनाका लागि छनोट गरेको हो । प्रदेशभित्रका ६२ घरबासले उक्त परियोजनाका लागि माग दाबी गरेकामा प्रदेश मन्त्रिपरिषद्को निर्णयले ३० घरबासलाई त्यसका लागि छनोट गरेको हो।     
     
छनोटमा परेका घरबासमा लमजुङ दरबार नजिकैको बेँसीशहर नगरपालिका–३ को काउलेपानी सामुदायिक होमस्टे, राइनास नगरपालिका–३ को कुडुले सामुदायिक घरबास राइनास होमस्टे र बेँसीशहर नगरपालिका–६ को पुमागाउँ सामुदायिक घरबास रहेका छन् ।

काउलेपानी र राइनास होमस्टेलाई सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेलाई पदमार्ग निर्माणका लागि छनोट गरिएकोे हो । ती घरबासले रु १०/१० लाखका दरले रकम प्राप्त गर्ने छन्।