स्मार्टवाच ल्याउँदै गुगल

काठमाडौँ - गुगलले स्मार्टवाच ल्याउने भएको छ । गुगलले आगामी मे महिनामा आफ्नो नयाँ स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरेको छ । यसको नाम गुगल पिक्सेल वाच नाम रहन सक्ने प्रविधि सम्बन्धी समाचारहरु सार्वजनिक गर्ने जोन प्रोसरले ट्वीट मार्फत् सार्वजनिक गरेका छन् । उनले प्रविधिका क्षेत्रमा हुने नयाँ कुराको जानकारी दिँदै आएका छन् ।
जोनले ट्वीटमा लेखेका छन् ‘मैले सुने अनुसार गुगलले मे महिनाको तेस्रो हप्तामा स्मार्टवाच सार्वजनिक गर्ने योजना बनाइरहेको छ । पर्दापछाडि डिभाइसमा कुनै मिति तय गरिएको हामीले पहिलो पटक देखेका छौँ । यदि गुगले सार्वजिनक गर्ने समय पर सारेमा पनि हामी थाहा पाइहाल्नेछौँ।’
सन् २०२२ को दोश्रो त्रैमासिकमा गुगल पिक्सेल वाच बजारमा आउने भन्ने समाचारहरु सार्वजनिक भएका थिए । गुगलको पिक्सेल स्मार्टवाचमा सामसुङको एक्जिनोस चिपसेट र वेयर अपरेटिङ सिस्टम रहनेछ। एक्जिनोस चिपसेटमा वेयर अपरेटिङ सिस्टम भएको यो पहिलो डिभाइस हुनेछ ।
गुगलले ल्याउने स्मार्टवाचमा अपरेटिङ सिस्टममा हुने नेक्स्ट जेनेरेसन गुगल एसिस्टेन्टले गुगल सर्भरको सहयोग बिनै प्रयोगकर्ताको बोलीलाई सिधै स्मार्टवाचमा पठाउनेछ । स्मार्टवाचको गुगल एसिस्टेन्टले गुगल फोटोज एपका तस्वीरहरु भ्वाइस कमान्डमार्फत् फिल्टर गर्ने लगायत स्मार्टवाचका अन्य एपहरुमा काम गर्न सक्नेछ ।गुगलको यो पिक्सेल स्मार्टवाचमा स्टेप तथा क्यालोरी गणना, मुटुको गति मनिटरिङ लगायतका महत्वपूर्ण हेल्थ एण्ड फिटनेस ट्रयाकिङ विशेषता रहनेछन् ।

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

पर्यटकको रोजाइमा विचित्र गुफा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

प्रतिक्रिया