रुपन्देहीमा पालिकामार्फत संक्रमितको शव व्यवस्थापन

रुपन्देही : कोभिड-१९ संक्रमितको उपचारदेखि शव व्यवस्थापनमा समेत सरकारले हात झिकेपछि स्थानीय पालिकाहरुले भने सक्रियता देखाएका छन् । संघीय सरकारको निर्णयसँगै नागरिकहरुमा निरासा छाइरहेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने आफ्नो जिम्मेवारी देखाएको छ ।
नगरपालिकाले बुधबार होम आईसोलेसनमै मृत्यु भएका एक जना संक्रमितको शव व्यवस्थान गरेको छ । सरकारले केहि दिन अघि मात्र होम आईसोलेनमा संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन सरकारले नगर्ने बताएको थियो । जसका कारण दिनभर अलमलमा परेका आफन्तहरु नगरपालिकाका स्वास्थ्यकर्मचारीहरु शव व्यवस्थापनमा जुटेपछि राहतको महसुस गरेका थिए ।
यस अघि सरकारको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमा नगरपालिकाले सघ सरकारको जे निर्णय भएपनि आफुहरु जिम्मेबारीवाट नभाग्ने भन्दै शव व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ । बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिनदेखि होम आइसोलेसनमै रहेका थिए । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए ।
योसँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् । तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

लुम्बिनीको नीति तथा कार्यक्रम : सन्तुलित तथा विशेषतायुक्त विकासमा प्राथमिकता

प्रतिक्रिया