बुन्डेसलिगामा बार्यन म्युनिखको कमजोर रक्षापंक्ति

काठमाडौँ : बार्यन म्युनिखको रक्षापंक्तिले खराब प्रदर्शन गर्ने सिलसिला शुक्रबार पनि रोकिएन । बुन्डेसलिगामा बोरुसिया मन्चुनग्लाडबागसँग पराजित हुँदा बार्यनले तीन गोल खायो । फिफाद्धारा सन् २०२० को सर्वोत्कृष्ट गोलरक्षक घोषित मानुएल नोएरले बोरुसिया पार्कमा सम्पन्न खेलसहित पछिल्ला १० खेलमा क्लिनसिट राख्न सकेका छैनन् । जारी लिगमा शीर्षस्थानमा रहे पनि बार्यनले १५ खेलमा २४ गोल खाइसकेको छ ।
बुन्डेसलिगाको अंक तालिकामा दोस्रोदेखि छैठौं स्थानसम्म रहेका टिमहरुले बार्यनको भन्दा कम गोल खाएका छन् । बार्यनले लगातार गोल खाइरहँदा गोलरक्षक नोएर मात्र होइन, रक्षकहरु पनि कमजोर देखिएका छन् । गोल रक्षक र रक्षकहरुबीच संयोजन नहँदा, बार्यनले धेरै गोल खाइरहेको प्रष्ट छ । मन्चुनग्लाडबागसँगको खेलमा पनि रक्षक बेन्जामिन पाभार्डले बल गुमाउँदा, योनास होफम्यानले गोल गरे । अर्का रक्षक निकलस सुलले लगातार गल्ती गर्दा बार्यनले अरु दुई गोल खायो ।
यसअघि मन्चनग्लाडबागको मैदानमा रोर्बट लेवेन्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्यनलाई अघि बढाएका थिए । लेवेन्डोस्कीले सिजनको २० औ गोल गर्दा लियोन ग्रोएजेकाले २६ औ मिनेटमा बार्यनलाई २-० को अग्रता दिलाए । तर होफम्यानले १० मिनेटभित्र दुई गोल फर्काउँदा खेल पहिलो हाफमा २-२ को बराबरीमा सकियो । दोस्रो हाफमा घरेलु टिमका फलोरियन नेउहसले गोल गर्दा बार्यनले जारी लिगमा दोस्रो पराजय भोग्यो ।
बार्यन पराजित भएपछि दोस्रो स्थानमा रहेको आरबी लाइपजिगलाई शीर्ष स्थानमा उक्लने मौका प्राप्त भएको छ । शनिबार राती बोरुसिया डर्टमन्डको समाना गर्न लागेको लाइपजिगले घरेलु मैदानमा चौंथौं स्थानको डर्टमन्डलाई हराए ३४ अंकका साथ अंक तालिकाको पहिलो स्थान कब्जा गर्नेछ ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया