आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

प्रकाशमान सिंहको प्रश्‍न : संसद्‍मा विश्वासको मत लिन नसक्‍नेले चुनावबाट कसरी जनताको मत लिन सक्छ ?

फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकार भन्‍ने तर संसद्‍मा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न गरेका छन् । नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने बताए ।

उनले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्‍न नसक्ने बताए । नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्‍ने बताए ।

असंवैधानिक कदमविरुध्‍दको विरोधका लागि कांग्रेसले विभिन्‍न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भइरहेको बताए । झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको बताए । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसद्‌ले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए ।