रोमाञ्चक स्थितिमा इङ्ल्यान्ड वेस्ट इन्डिज शृंखला
काठमाडौँ- पाँच टी-२० शृंखला अन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ । १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो ।
वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६,ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए । इङ्ल्यान्डका मोइन अलीले दुई तथा रेस टपले,आदिल रासिद, लियाम लिभिङस्टोनले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि मोइन अलीले सर्बाधिक ६३ रन जोड्दा ओपनर जासन रोए ५२ रनको योगदान दिए ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया