धरानमा दुई वृद्ध संक्रमितको मृत्यु

काठमाडौँ- धरानमा दुई वृद्धको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । सप्तरी राजविराज १५ का खोप लगाएका ७५ वर्षीय र झापाका बुद्धशान्ति २ खोप नलगाएका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणि पोख्रेलकाअनुसार झापाका संक्रमितलाई किड्नीसम्बन्धी र उच्च रक्तचाप रहेको थियो । उनलाई १० गते कोभिड पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएका थिए । उनको १२ गते मृत्यु भएको हो ।
त्यसैगरी सप्तरीका संक्रमितको किड्नीमा समस्या रहेको थियो । उनलाई १४ गते कोभिड पुष्टि भएको र सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनको १५ गते मृत्यु भएको हो ।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

प्रतिक्रिया