प्रधानमन्त्री ओली 'श्री ७' महाराज जस्ता : डा. केसी

काठमाडौँ : चिकित्सक क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधि सभा विघटन गरेर निरंकुशता लादेको सरकार नचाहिने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धमा नागरिक अगुवाहरूले शनिबार काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा डा केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए ।
उनले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिध सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली 'श्री ७' महाराजको जस्तो भएको टिप्पणी गरे ।
डा केसीले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभइ संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने बताए ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा रहेको र त्यहाँबाट ओलीको कदमलाई रोक्ने आश रहेको डा. केसीले बताए ।
कार्यक्रममा नागरिक अगुवाहरूले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै नागरिक सचेत हुनुपर्ने बेला आएको धारणा बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया