मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

फर्किए नेकपा अध्यक्ष दाहाल

फाइल तस्बिर

काठमाडौँ : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्‍नी सीता दाहालको उपचार प्रक्रिया अघि बढाएर शनिबार स्वदेश फर्केका छन् । उनी चार दिन मुम्बईमा रहेर शुक्रबार साँझ दिल्ली आइपुगेका थिए । दिल्लीमा एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौँ ओर्लेका हुन् ।

उनी नेपाल एअरलाइन्सको नियमित उडान (आरए २०५२) बाट काठमाडौँ आएका हुन् । उनले श्रीमतीको हेरविचारका लागि छोरी गंगालाई त्यहाँ छोडेर शनिबार दिल्लीबाट काठमाडौँ फर्केका हुन । उनी स्वदेश फर्कने क्रममा शुक्रबार साँझ नै दिल्ली आइपुगेका थिए । उनी एअरपोर्ट नजिकको होटल आइसिटी मौर्यमा बसेका थिए ।

उनले सामान्य राजनीतिक भेटघाटहरू गरे पनि बाहिर सार्वजनिक गरिएको छैन । यद्यपि उनले दिल्लीमात्र होइन मुम्बईमा रहँदा पनि राजनीतिक भेटघाट गरेका थिए । उनलाई महाराष्ट्रका राज्यपाल भगतसिँह कोश्यारी र केही अन्य पुराना नेताहरूले अनौपचारिक भेट गरेका थिए । कतिपयले अस्पतालमा पुगेर दाहाल पत्‍नी सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । उनी सोमबार मुम्बई गएका थिए । 

भिडियोमा हेरौ उनी समाचार अपडेट नियाल्दै स्वदेश फर्केका छन् ।