थप ३ हजार ५४० लाई कोभिड संक्रमण, थप ३२ को मृत्यु

काठमाडौं–नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ९ सय १० पिसिआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया