सप्तरीमा चार कोभिड संक्रमितको मृत्यु

सप्तरी - कोभिडको तेस्रो लहरमा कोभिड संक्रमणका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।
बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोभिड पोजेटिभ आएको थियो । सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
रुपनी गाउँपालिका वडा-१ की ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका-७ का एक पुरुष र रुपनी गाउँपालिका-१ कै एक महिलाको कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया