ओलीको वास्तविक चरित्र नै यही हाे : यादब
निर्वाचन गराउन होइन निरंकुशता लाद्नका लागि प्रतिनिधि सभा विघटन

विराटनगर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन होइन निरंकुशता लाद्नका लागि संसद् विघटन गरेको बताएका छन् । ओलीले निर्वाचन गराउने भन्ने निहुँ पारेर आफू बाचुन्जेल शासन गर्न यो बाटो अपनाएको तर त्यो खाडलमा आफैँ परेको बताए ।
ओलीले यति अनैतिक र असंवैधानिक काम गरेका छन अनि कसले पत्याउँछ उनले चुनाव गराउँछन भनेर भन्दै पूर्व उपप्रधानमन्त्री यादबले भने, ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेको छ । यसको विरोध हुनुपर्छ ।’
जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा पनि माथि रहेकाले त्यसबाट फरक रूपमा लिन मिल्दैन । यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न एक प्रकारको नाटक मञ्चन गरिएको हो ।’
उनले ओली र उनका सहयोगीले चुनाव नगराउने ठोकुवा गर्दै भने, ‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ । तर उनी काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छन् ।’ संसद विघटनको कदम खारेजीको माग गर्दै यादवले संविधान संशोधनले मात्रै अबको समस्या समाधान हुने बताएका छन् । उनले पहिलेदेखि नै संसद् संशोधनको माग गर्दै आएका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया