एमसीसी सम्झौता अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकासँगको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संसदबाट पारित गर्ने सहमति भएको छ ।
शनिबारको सत्ता गठबन्धनको बैठकमा सत्ता सञ्चालनका लागि गठित संयन्त्रका संयोजक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने प्रस्ताव गरेका थिए ।
‘सत्ता गठबन्धनमा सहभागी कुनै पनि दलको यसमा विमति छैन,’ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले इकागजसँग भने, ‘हामी केही दिन पार्टीमा छलफल गर्छौं भन्नुभएको छ ।’
गठबन्धनमा विमति नभएकाले यो सम्झौता अनुमोदन गरेर अघि बढ्ने पौडेलले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौतालाई अब धेरै तन्काएर राख्न नसकिने भन्दै अनुमोदन गरेर जान र गठबन्धनको निरन्तरताका लागि यस्ता मुद्दामा साझा धारणा बनाएर जान आग्रह गरेका थिए ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले २०७४ सालमा अमेरिकी सहायता निकाय एमसीसीसँग सम्झौता गरेको थियो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया