ओली एउटा ठग ब्वासो : डा. भट्टराई
संघीयता मासेर आफू तानाशाह बन्न ओलीले मध्यावधि निर्वाचन घोषणा गरे

विराटनगर : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठग ब्वासो भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले शनिबार विराटनगरमा आयोजना गरेको विरोधसभामा ओलीलाई ब्वासोको संज्ञा दिंदै डा. भट्टराईले भने, ‘ठगहरूले बाघले जस्तो अघिबाट कहिल्यैं पनि आक्रमण गदैनन् । ब्वासोको जस्तो पछाडिबाट सुम्सुम्याउँदै मुटु कलेजो निकल्छन्,’ उनले भने, ‘ओलीपनि एउटा ठग ब्वासो हुन् त्यसैले संघियाताको मुटु कलेजो निकाले ।’
उनले संघीयता मासेर आफू तानाशाह बन्न ओलीले मध्यावधि निर्वाचन घोषणा गरेको बताए । ओलीलाई प्रदेश सभा भंग गर्ने धम्की नदिन आग्रह गरे । ‘तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ सालमा घोषणा गरेको चुनाव र ओलीले घोषणा गरेको चुनाव एउटै हो,’ उनले भने ‘खोरभित्र मासुको टुक्रा राखेर बाघलाई थुने जस्तै ओलीले संघीयता मासेर आफू तानाशाह बन्नका लागि चुनाव घोषणा गरेका हुन् ।’
डा. भट्टराईले ओलीले स्वातन्त्र न्यायालयलाई पनि धम्क्याउन थालेको बताए । त्यसैले चार पूर्वन्यायाधीशहरू बोल्न बाध्य भएको उनको भनाइ छ । उनले अदालतले प्रतिनिधि सभा ब्यूउताउन पर्ने नत्र सभामुखले सदन बोलाउनु पर्ने तर्क राखे ।
आफूहरू अहिलेपनि प्रतिनिधि सभाको सदस्य नै रहेको जिकीर गर्दै डा. भट्टराईले सभामुखले सदन बोलाएर प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई बरखास्त गर्नु पर्ने बताए ।
विवेशी चलखेलको खुलेर विरोध गरेका भट्टराईले भने, ‘उत्तर र दक्षिणवाट आएका मित्रहरू प्रधानमन्त्री ओलीसँग चिया कफी खान मात्र आएका हैनन् । दालमा कुछ काला हे ।’ भट्टराईले थपे, ‘तपाईहरूले चाहेको के हो ? हिजो ३० बर्षसम्म राजा महेन्द्रलाई उचाल्ने त्यसपछि ज्ञानेन्द्र हुँदै ओलीलाई समेत उचालेर नेपालमा असुरक्षा र अशान्ति बढाउँदा तपाईहरूलाई के फाइदा हुन्छ ?’
कांग्रेस आज किन नुन खाएको कुखुरा जस्तो भएको हो आफुले वुझन् नसकेको भट्टराईको भनाइ थियो ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया