बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सेनेगल र इजिप्ट सेमिफाइनलमा

काठमाडौँ- सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । 

आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे  । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ  । 

इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो । 

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।