शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

संविधान सभा सदस्य थापाको निधन

बुटवल - संविधान सभा सदस्य दुमनसिंह थापाको निधन भएको छ । संविधान सभा सदस्य थापाको आइतबार साँझ काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो । थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट संविधान सभा चुनाव जितेका थिए । थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका थिए। एमाले विभाजनपछि समाजवादीतर्फ लागेका थापा सो पार्टीको निर्वाचन अयोगको सदस्य थिए ।